DateTime

यो पनि एउटा मृगतृष्णा रहेछ !

 यो पनि एउटा मृगतृष्णा रहेछ, 
कति दौडिएँ यसकै पछाडि,
जीवनको पूर्वार्धमा पूरै जोश लगाएर दौडिएँ,
मध्यमा आइपुग्दा भेट्न खोजिरहेँ,
जब जीवनको उत्तरार्धमा आइपुगेँ,
अनि बल्ल बुझ्दैछु- यो पनि एउटा मृगतृष्णा रहेछ!

कति पैसाको पछाडि दौडिरहेको देखेँ,  म पनि दौडिएँ,
कतिले जवानी र यौवनको खेदो गरिरहेको पाएँ, म पनि पछि परेँ,
कतिले घर-परिवारहरू धान्न हड्डी ख्याइरहेको देखेँ, मैले पनि परिश्रम गरेँ,
कति पद-प्रतिष्ठा, सत्ता र चौकीको निम्ति मरिमेट्ने भेटेँ, मैले पनि त्यस्तो चाहेँ,

ज्ञानी-ध्यानी-प्रतिष्ठित-योगीजनले
आत्ममन्थनको कुरा गरे, आत्मदर्शनको कुरा गरे, 
प्रकृतिसित समिप्यताको कुरा गरे, दर्शनको कुरा गरे
अनि फेरि म त्यतापट्टि पनि लागेँ
म चारैतिर भौंताएर यहाँ आइपुगेको, 
फेरि पाएँ, यो पनि एउटा मृगतृष्णा नै रहेछ !

एक टिप्पणी भेजें

0 टिप्पणियाँ

Made with Love by

Made with Love by
नेपाली भाषालाई माया गर्ने भारतीय मूलका नेपालीभाषी गोर्खाहरूको योगदानद्वारा तयार