DateTime

बारेमा

 यो ब्लग साहित्यबारे आधारित छ। यसमा नेपालीभाषामा आधारित साहित्य समावेश गरिएको छ। यसको मूल उद्देश्य नेपालीभाषा-साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने हो। सो उद्देश्य लिएका कोही पनि गोर्खा, नेपालीभाषी व्यक्ति विश्वको कुनै पनि कुना, कुनै पनि मुलुकबाट यस ब्लगसित जोडिन सक्नुहुनेछ। यसले नेपालीभाषाको मूलभूत तत्वहरूलाई हराएर जानबाट जोगाउने कोशिश गर्नेछ। अहिलेको भूमण्डलीकरणको राजनीतिक परिवरेश र वैश्विकरणको चापमा साना भाषाहरूमाथि ठूला र प्रभावकारी भाषाहरू हावी हुँदैजाँदा साना आकारका भाषाहरू दबिएर जाने निश्चित छ। यस्तो हुँदै पनि छ, भइरहेको छ। भारतमा नेपालीभाषी नागरिकहरू विभिन्न स्थानतिर छरिएर रहेको कारण उनीहरूले आफ्नो भाषामा विद्यार्जन गर्न नपाएको हुँदा यो भाषालाई जोगाएर राख्न र यसको भाषा-साहित्यको गरिमालाई अक्षुण्ण राख्न सम्भवतः फलामको चिउरा चबाउनुजस्तै भएको छ। सञ्चार माध्यमहरूमा की-बोर्ड वा अन्य कुनै कारणहरूले जस्तोसुकै खाले नेपालीभाषाको टाइपिङ र प्रचार त भइरहेकै छ, यस्तैमा, यो एउटा सानो पहल हो - भाषा र साहित्यको जगेर्ना हुन सक्छ कि भन्ने दिशातर्फ।

यदि तपाईंहरू कसैलाई पनि यो पहल सही लाग्छ भने सन्देशमार्फत जानकारी दिन वा यस पहलमा जोडिन पनि सक्नु हुनेछ। यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं।  

यदि कसैलाई यसमा सहयोग गरेर यसलाई अझ राम्रो बनाउनुपर्छ भन्ने लाग्छ भने त्यस प्रकारको सहयोग पनि दिन सक्नुहुनेछ। धन्यवाद।

Made with Love by

Made with Love by
नेपाली भाषालाई माया गर्ने भारतीय मूलका नेपालीभाषी गोर्खाहरूको योगदानद्वारा तयार